लामो दूरीका यात्रुबाहक सवारी भोलिदेखि नचल्ने, कति हो लामो दूरी ? « Khabarhub

लामो दूरीका यात्रुबाहक सवारी भोलिदेखि नचल्ने, कति हो लामो दूरी ?


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सोमबार अर्थात भोलिदेखि लामो दूरीका यात्रुबाहक सबारीसाधन चल्ने पाउने छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाएको घोषणा गरेका थिए ।

उपत्यका छोडेर बाहिरिने सर्वसाधारणको संख्या अत्याधिक भएको र जिल्लाहरुमा पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै सरकारले लामो दूरीको यात्रामा रोक लगाएको हो ।

लामो दूरीको सवारी साधान चल्न रोक लगाएपछि मानिसहरु कहाँसम्मको सवारी साधन लामो र कहाँ वा कति दूरी सम्मको सवारीसाधन छोटो दूरीमा पर्छ भन्ने अन्यौलतामा देखिएको छन् ।

नेपालको कानुनअनुसार २५ किलोमिटरसम्मको यात्रालाई छोटो दूरी मानिन्छ भने २५ देखि २५० किलोमिटरसम्मको लागि मध्यम र २५० किलोमिटरभन्दा बढीको यात्रालाई लामो दूरीको सूचीमा राखिएको छ ।

अब तपाईं उपत्यका बाहिर जान खोजिरहनु भएको छ भने कति दूरी तय गर्दै हुनुहुन्छ विचार गर्नुहोला ।

यात्राका क्रममा सावधानी अपनाउन जरुरी छ ।

बाहिर खाना खाने, भीडभाडमा जाने, मध्यपान, धुम्रपान नगर्ने । मानिसहरुसँग हात नमिलाउने, मास्क लगाउने लगायतका कार्य गरि सुरक्षा अपनाउन जरुरी छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ५४ बजे

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू