जथाभावी फोहोर नफाल्न महानगरको अपिल, ल्याण्डफिल साइटमा कवाडी संकलकलाई प्रवेश निषेध | Khabarhub Khabarhub

जथाभावी फोहोर नफाल्न महानगरको अपिल, ल्याण्डफिल साइटमा कवाडी संकलकलाई प्रवेश निषेध


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले स्यानिटरी ल्याण्डफिल साइट क्षेत्रमा कवाडी सामान संकलन गर्न निषेध गरेको छ । कोभिड —१९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आजबाट कवाडी सामान बटुल्ने काम रोकेको हो ।

यससँगै फोहोरमा काम गर्ने सफाइ कर्मचारीले मास्क, पञ्जा, टोपी र जुत्ता नलगाई सफाइमा आउन नपाउने व्यवस्था गरिएको छ । अहिले वातावरण व्यवस्थापन बिभागको कम्पाउण्डमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ भने प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कार्यालय प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो मापन गरेर मात्र प्रवेश व्यवस्था मिलाइने विभागका प्रमुख हरि कुमार श्रेष्ठले जानकारी दिए ।

टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्याण्डफिल साइट र फोहोर ढुवानी हुने सडकमा कीणनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया बिभागले अघि बढाएको छ ।

विभागले शनिवार एक सूचना जारी गर्दै महानगरबासीलाई जथाभावी फोहोर सडकमा ननिकाल्न अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९– भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेकोले यस जोखिमपूर्ण अवस्थामा सरसफाइ सम्बन्धि काममा सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

सूचनामा भनिएको छ – आ–आफ्नो घर/पसल/उद्योग/कल कारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने भागमा छुट्याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ । बिभागले कुहिने फोहोरलाई सकेसम्म आफै व्यवस्थापन गर्न र नकुहिने फोहोर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको हो । यसबाट जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बिभागको अपेक्षा छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ०० बजे

गायक बाबा पाख्रिन अब माओवादी कार्यकर्ता 

काठमाडौं– गायक बाबा पाख्रिनले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्

एएफसी महिला एसियन कपको फाइनल पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

सिरहा– सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण 

गोदावरी– कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका