कोरोना विरुद्ध सचेत हुन पूर्व कप्तान खड्काको अपिल « Khabarhub

कोरोना विरुद्ध सचेत हुन पूर्व कप्तान खड्काको अपिल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कोरोना भाइरस (कोभिड १९) विरुद्ध मिलेर अगाडि बढ्न सार्वजनिक अपिल गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले कोरोनाविरुद्ध सचेत हुन अपिल गरेका छन् ।

खेलाडीका लागि यो निकै कठिन समय भएको उल्लेख गर्दै अत्यावश्यक  काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।

यस्तै, खड्काले सरकारको निर्णयमा साथ दिन पनि अपिल गरेका छन् । उनले हरेक व्यक्तिले सचेत रहनु पर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

‘अहिलेको परिस्तिथीमा म र क्रिकेट टिमको तर्फबाट सबै जनालाई आग्रह गर्न चाहान्छु कि सबै जना घर बसेर, अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर सरकार र सम्बन्धित निकाय सबैलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भने, ‘अहिले हाम्रो लागि आफैले दायित्व निर्वाह गर्नु पर्छ । यस्तो स्थितीमा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी लिने हो भने अहिलेको यो परिस्थिबाट अगाडि बढ्न हामीलाई एकदमै सजिलो हुनेछ । हामी सबै एकसाथ रहौं ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ०६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण