आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, अन्तर्राष्ट्रिय उडान पनि नहुने « Khabarhub

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, अन्तर्राष्ट्रिय उडान पनि नहुने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आज (आइतबार)देखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्यावश्यक बाहेक सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने बताएका थिए ।

सरकारले सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रवाह हुने १९ प्रकारका सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेको छ । ती सेवाहरु भने बन्द हुने छैनन् ।

सरकारले राजपत्रमा प्रकाशन गरी तोकिएका अत्यावश्यक सेवाहरु निम्नानुसार छन्,

प्रधानमन्त्रीको घोषणाअनुसार गृह मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न मातहतका सबै निकायलाई निर्देशन दिइएको बताएको छ ।

सरकारले आइतबारदेखि नै अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि बन्द गरेको छ । चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छन् ।

यस्तै, सोमबार (चैत १०) गतेदेखि लागू हुने गरी लामो दूरीका सार्वजनिक सवारीका साधनहरु समेत बन्द हुने भएका छन् ।

सरकारले तोकेको मापदण्डअनुसार सोमबारदेखि २ सय ५० किलोमिटरभन्दा बढीको दूरीसम्म सिधै सेवा दिने सार्वजनिक बसहरु बन्द हुनेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : २९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको