नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो « Khabarhub

नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– भारतबाट नेपाल प्रवेश गरेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ । नेपालगञ्ज हुँदै दाङको तुलसीपुर तर्फ आएका उनीहरुलाई फिर्ता गरिएको हो ।

कोरोना भाइरसको जाँचका लागि स्थापना गरिएको ‘हेल्थ-डेस्क’ तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।

उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन् । उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ । ‘

कोरोना भाइस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा ‘हेल्थ-डेस्क’ स्थापना गरी जाँच गर्न शुरू गरेको छ। विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा ‘हेल्थ-डेस्क’ स्थापना गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५० बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको