कोरोना संक्रमणको आशंकामा प्रदेश सांसद अस्पताल भर्ना | Khabarhub Khabarhub

कोरोना संक्रमणको आशंकामा प्रदेश सांसद अस्पताल भर्ना


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशसभाकी एक जना महिला सांसदलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

रुघाखोकीसँगै ज्वरो आएको देखिएपछि प्रदेशसभा सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डा जगदिश प्रसाद जोशीले १ जना महिला प्रदेशसभा सदस्यलाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको बताएका छन् । तर, अस्पताल भर्ना भएकी ती महिला सांसदको नाम भने खुलाइएको छैन ।

डा जोशीका अनुसार ती महिला सांसदलाई शुक्रबार आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । शुक्रबार नै नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । यद्यपि रिपोर्ट भने आएको छैन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५७ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार