कोरोना संक्रमणको आशंकामा प्रदेश सांसद अस्पताल भर्ना « Khabarhub

कोरोना संक्रमणको आशंकामा प्रदेश सांसद अस्पताल भर्ना


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशसभाकी एक जना महिला सांसदलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

रुघाखोकीसँगै ज्वरो आएको देखिएपछि प्रदेशसभा सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डा जगदिश प्रसाद जोशीले १ जना महिला प्रदेशसभा सदस्यलाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको बताएका छन् । तर, अस्पताल भर्ना भएकी ती महिला सांसदको नाम भने खुलाइएको छैन ।

डा जोशीका अनुसार ती महिला सांसदलाई शुक्रबार आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । शुक्रबार नै नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । यद्यपि रिपोर्ट भने आएको छैन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५७ बजे

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको