तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द | Khabarhub Khabarhub

तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द गर्ने जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै संघले ललितपुरस्थिगत केन्द्रीय कार्यालय चैत ९ गतेदेखि २२ गतेसम्म बन्द रहने जानकारी दिएको हो ।

यस्तै, प्रदेश, जिल्लाहरु पनि २२ गतेसम्मका लागि बन्द हुने जनाइएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आइतबारदेखि २२ गतेसम्म संघ संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

यसै अनुसार तेक्वान्दो संघले आफ्ना सबै कार्यालय बन्द गर्न लागेको हो । संघले विभिन्न डोजाङलाई तालिम पनि बन्द गर्न आग्रह गरेको छ ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस भएको पुष्टी हुन सकेको छैन । तर, विश्वभर ११ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५६ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप