मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले डाके पहिलो मन्त्रीपरिषद बैठक | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले डाके पहिलो मन्त्रीपरिषद बैठक


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने  बुझिएको छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गरेका थिए ।

नेपाल भारत सीमानाकाका बिषयमा दुई देशबीच आपसी समन्वयमा निर्णय गर्ने बताइए पनि सोबारे अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिले अन्य काम गर्दै आए पनि भारतसँगको सीमान नाका बन्द गर्ने कि नगर्ने भनेर ठोस निर्णय गर्न नसकिरहेका बेला मन्त्रीपरिषद् बैठकमार्फत यसबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।

यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : १५ बजे

माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको