चार दिनमा ५ लाख जनाले काठमाडौं छाडेपछि जे देखियो (फोटो फिचर ) « Khabarhub

चार दिनमा ५ लाख जनाले काठमाडौं छाडेपछि जे देखियो (फोटो फिचर )



काठमाडौं– सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ ।

चैत ६ गतेदेखि आइतबार बिहानसम्म (चार दिनमा) मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । आइतबार १२ बजेपछि मुख्य सडकहरु खाली र सुनसान देखिएको थियो ।

तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेकामा शनिबार दुई लाख छ हजारले राजधानी छाडेका छन् ।

आज बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा एसइई अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।

कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ ।

यस्तै चैत १० गतेदेखि लागू हुने गरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गर्ने यसअघि नै निर्णय गरिसकिएको छ । यस्तै आजदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा समेत सरकारले रोक लगाएको छ ।

नेपालका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नभए पनि बढ्दो जोखिमका कारण शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका सेवा बन्द भएको र आर्थिक तथा पर्यटन क्षेत्र प्रभावित हुँदा राजधानी छाड्ने यात्रुको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

महाशाखाका अनुसार चैतको ६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा एक लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा चार लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आज बिहान मात्रै राजधानी छाड्ने यात्रुको सङ्ख्या ५६ हजार ६४७ छ । उक्त अवधिमा नौ हजार यात्रु राजधानी भित्रिएका महाशाखाले जनाएको छ ।

त्यसअघि चैत ५ गतेको तथ्याङ्क हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सङ्ख्या बढी थियो । त्यस दिन १८ हजार १८० गाडीमा ९८ हजार ९३४ यात्रु भित्रिएका र १७ हजार ४४१ गाडीमा ९५ हजार २४७ यात्रु बाहिरिएका ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन सरकराले यसअघि नै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई आगामी वैशाख १८ गतेसम्मका लागि बन्द गरिसकेको छ ।

अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि सरकारले रोक लगाएको छ ।

बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने बढी देखिएको छ । यसतर्फ सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिए ।

उनले गाडीमा बढी यात्रु चढ्न नदिने, बढी भाडा लिनेलाई कारवाही गर्ने, जबर्जस्ती चढ्न खोज्ने यात्रुलाई सम्झाउने तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्ने गरी ट्राफिक प्रहरीले सचेतना अभियान समेत चलाएको जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : ४० बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र