‘होम क्वारेन्टाइन’ मा नेताहरु « Khabarhub

‘होम क्वारेन्टाइन’ मा नेताहरु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस महामारीको रुपमा विश्वव्यापी बनेको छ भने नेपालपनि उच्च जोखिममा रहेको छ ।

नेपालमा कोरोना संक्रमित नभएपनि सरकारले सम्भावित जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक बाहिर नजान, धेरै मानिसको भीड हुने क्षेत्र, लामो दूरीका यातायात लगायत बन्द गर्ने निर्णय गरेको छ ।

संक्रमणको त्रास हुने भएसँगै मानिहरु सेल्फ आइसोलेसनमा बस्न थालेका छन् । यसैबीच राजनीतिक दलका नेताहरुले समेत सरकारको आग्रहअनुसारै भेटघाटको दायरा कम बनाएका छन् । दलका नेताहरु ‘होम क्वारेन्टाइन’ मा रहेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको केही समय मात्रै भएकाले उनले समेत भेटघाट सिमित गरेको जनाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले अत्यावश्यक कामबाहेकका अन्य राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेका बेला अध्यक्ष दाहालले अत्यावश्यक राजनीतिक भेटघाट गरिरहेको भएपनि अन्य भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ ।

प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले गरेको निर्णयअनुसारै सामान्य राजनीतिक भेटघाट बन्द गरिएको हो । उनका अनुसार अध्यक्ष दाहालले आवश्यकता अनुसार नेताहरुसँग सम्पर्कमै रहेको भएपनि प्रत्यक्ष रुपको भेटघाट भने बन्द गरेको जानकारी दिए । अध्यक्ष दाहालले कोरोनाको सम्भावित जोखिम न्युनिकरणका लागि सचेत बन्न अपिल समेत गरेका छन् ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले समेत तिन दिनयता राजनीतिक भेटघाट बन्द गरेका छन् । सभापति देउवाको सचिवालयका अनुसार तीनदिनदेखि सभापति देउवाले भेटघाट बन्द गरेका हुन् । यसअघि सभापति देउवाको निवास बुढानिलकण्ठमा कार्यकर्ताहरुसँगै अन्य भेटघाट पनि बाक्लै हुने गरेको थियो ।

देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार सभापति देउवा पुस्तक, पत्रपत्रिका पढ्ने गरेर दिन विताइरहेका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका डाक्टर शशांक कोइरालाले समेत भेटघाट सिमित गरेको जनाइएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि प्रेस विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका भेटघाट बन्द गर्दै फोनबाट कुरा मात्रै गर्ने जनाएका छन् ।

त्यस्तै राजपा नेता महन्थ ठाकुर समेत घारबाट बाहिर निस्कन बन्द गरेको र भेटघाट समेत कम गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : ३५ बजे

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा