चीनमा कोरोना प्रकोप – स्वदेशभित्रै संक्रमित हुनेभन्दा विदेशबाट आउने संक्रमित धेरै « Khabarhub

चीनमा कोरोना प्रकोप – स्वदेशभित्रै संक्रमित हुनेभन्दा विदेशबाट आउने संक्रमित धेरै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा कोरोना भाइरसको दोश्रो लहर देखा पर्न थालेको छ । चीनमा मुलुकभित्रै एक अर्काबाट भन्दा विदेशबाट आउनेहरु कोरोना भाइरसको संक्रमण बढि देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार चीनमा ४६ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको थियो । यीमध्ये एकजना मात्रै मुलुकभित्रै संक्रमित भएको र बाँकी ४५ जना विदेशबाट आएका मानिसहरु रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

यसअघि चार दिनसम्म चीनले कोही पनि मुलुकभित्रै संक्रमित भएका पुष्टि नभएको दाबी गरेको थियो ।

चीनमा हालसम्म कोरोना भाइरसबाट ८१ हजार ३ सय जनाभन्दा धेरै संक्रमित छन् । यीमध्ये ३ हजार २ सय जना संक्रमितको मृत्यु भइसकेको छ भने ७२ हजार भन्दा धेरै निको भइसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ०४ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको