राजधानीका सपिङ मलहरु बन्द « Khabarhub

राजधानीका सपिङ मलहरु बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीका ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्‍चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन् ।

राजधानीको न्युरोडस्थित विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर, सिभिल मललगायतका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् ।

सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेकाअनुसार अधिकांश यस्ता व्यापारिक प्रतिष्ठानको कामदारसमेत त्रासका कारण बिदामा घर गइसकेका र  यस्ता व्यापारिक प्रतिष्ठानबाट अत्यावश्यक बस्तु बिक्री नहुने भएपछि बन्द गरिएको हो ।

अत्यावश्यक वस्तुभन्दा लुगाफाटो, जुक्ता, ब्यागलगायतका वस्तु बिक्री हुने र अहिलेको समयमा यस्ता वस्तु खरिद गर्ने उपभोक्ता समेत नआउने भएकाले बन्द गर्ने निर्णय गरेको घिमिरेले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार महाबौद्ध, कोटेश्वर, भृकुटीमण्डप, रत्नपार्क, न्यूरोड, असनलगायतका स्थानमा रहेका होलसेल पसलसमेत बन्द भएको छ । केही पसल सोमबारदेखि पूर्णरुपमा अवस्था समान्य नहुँदासम्म बन्द हुने बताइएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दिपक पोखरेलकाअनुसार अत्यावश्यक पसल बन्द नगर्ने सरकारको नीति छ । अत्यावश्यकबाहेक अन्य बन्द हुँदा कुनै समस्या नहुने उनले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : २४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा