राजधानीका सपिङ मलहरु बन्द « Khabarhub

राजधानीका सपिङ मलहरु बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीका ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्‍चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन् ।

राजधानीको न्युरोडस्थित विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर, सिभिल मललगायतका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् ।

सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेकाअनुसार अधिकांश यस्ता व्यापारिक प्रतिष्ठानको कामदारसमेत त्रासका कारण बिदामा घर गइसकेका र  यस्ता व्यापारिक प्रतिष्ठानबाट अत्यावश्यक बस्तु बिक्री नहुने भएपछि बन्द गरिएको हो ।

अत्यावश्यक वस्तुभन्दा लुगाफाटो, जुक्ता, ब्यागलगायतका वस्तु बिक्री हुने र अहिलेको समयमा यस्ता वस्तु खरिद गर्ने उपभोक्ता समेत नआउने भएकाले बन्द गर्ने निर्णय गरेको घिमिरेले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार महाबौद्ध, कोटेश्वर, भृकुटीमण्डप, रत्नपार्क, न्यूरोड, असनलगायतका स्थानमा रहेका होलसेल पसलसमेत बन्द भएको छ । केही पसल सोमबारदेखि पूर्णरुपमा अवस्था समान्य नहुँदासम्म बन्द हुने बताइएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दिपक पोखरेलकाअनुसार अत्यावश्यक पसल बन्द नगर्ने सरकारको नीति छ । अत्यावश्यकबाहेक अन्य बन्द हुँदा कुनै समस्या नहुने उनले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : २४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष