सुर्खेतको बुलबुलेमा क्वारेन्टाइन कक्ष बनाइँदै « Khabarhub

सुर्खेतको बुलबुलेमा क्वारेन्टाइन कक्ष बनाइँदै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ ।

प्रदेश सरकारको आग्रहमा नेपाली सेनाले शनिबार सम्भावित स्थानहरुको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण थालेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार शय्याका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० शय्याका क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ ।

नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणाले रेडियो नेपालको जग्गामा करेन्ट बिच्छ्याइएकाले क्वारेन्टाइनका लागि असम्भव रहेको बताए ।

यसका लागि सेनाले पर्यटकीय स्थल बुलबुले उद्यानलाई रोजेको छ ।

“रेडियो नेपालको टावरमै नौ हजार भोल्ट करेन्ट छ, रेडियो फ्रिक्वेन्सीले पनि क्वारेन्टाइन निर्माण गर्न दिँदैन,” पृतनापति राणाले भने, “त्यसैले बस्तीदेखि टाढा भएको स्थान बुलबुले नै उपयुक्त देखिएको छ, आजदेखि नै बुलबुलेमै क्वारेन्टाइन निर्माणको काम शुरु गर्छौँ ।”

वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । नगर प्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनहरुलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोतसाधन जुटाएमा एक सातामै एक हजार शय्याका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ ।

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरु फर्कने क्रम बढ्दो छ ।

घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकाहरुमा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले