कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै « Khabarhub

कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ ।

सरकारले भारत  वा चीनबाट तीन दिनभित्र विमान चार्टर गरेर अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याउने भएको हो । आवश्यक सामग्री ल्याउनका लागि सकारले दुवै छिमेकी मुलुलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

सरकारले विभिन्‍न १९ किसिमका स्वास्थ्य सामग्री उपलब्ध गराउन चीनलाई पत्रचार गरेको थियो । चीनले यसअघि नै कोरोनाको सम्भावित जोखिमसँग जुध्‍न आवश्यक सहयोग सामाग्री र स्वास्थ्यकर्मीसमेत उपलब्ध गराउने जनाएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारकै मन्त्रीस्तरीय निर्णयानुसार चीनबाट स्वास्थ्य सुविधासहितका पाँचवटा मोबाइल एम्बुलेन्स, पोर्टेबल भेन्टिलेर सयवटा, अक्सिजन प्लान्ट एक सयवटा, एन ९५ मास्क डेढ लाखवटा, सर्जिकल मास्क दुई लाखवटासहित १९ प्रकारका सामाग्री ल्याउन चीनलाई पत्राचार गरिएको हो।

यसैबीच, सरकारले भारतबाट पनि स्वास्थ्य सामाग्री ल्याउन पत्राचार गरेको छ। चीन र भारतमध्य एक देशबाट तीन दिनभित्र जहाज चार्टर्ड गरेर ती सामाग्री ल्याइने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट एन९५ मास्क डेढ लाखवटा, इन्फ्रारेड थर्मोमिटर १० हजार वटा, अक्सिजन प्लान्ट पाँचवटा र सर्जिकल ग्लोब्स दुई लाखवटा ल्याउने गरी पत्र पठाइएको छ ।

सरकारले नेपालका कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष तयारी गरिरहेको छ । नेपालले आजबाट अत्यावश्यकीय सेवाबाहेक सवै बन्द गरिसकेको छ ।

सोमबारबाट लामो दूरीका सवासरी साधनमा समेत रोक लगाइएको छ । २५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन समेत रोक लगाइएको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि जनचेतनामा जगाउँदै सवै नागरिकलाई अनावश्यक बाहिर ननिस्किन, माक्सको प्रयोग गर्न, राम्ररी सावुन पानीले हात धुन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : २० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई