पश्चिमी वायुको प्रभावले काठमाडौंमा मेघ गर्जनसहित वर्षा | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले काठमाडौंमा मेघ गर्जनसहित वर्षा


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले काठमाडौंमा आइतबार राति मेघ गर्जनसहित वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाे हाल नेपालमा पश्चिमी वायू सक्रिय रहेका कारण वर्षा भएको जनाएको हो ।

विभागका अनुसार पश्चिमी वायूका साथै स्थानीय वायूको समेत प्रभाव रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०९ गते (आइतबार)

रातिः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको केहि स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (सोमबार)

दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

चैत्र ११ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडि भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : २८ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित