कोरोनाको जोखिम रोक्न विभिन्न ठाउँमा हात धुने व्यवस्था « Khabarhub

कोरोनाको जोखिम रोक्न विभिन्न ठाउँमा हात धुने व्यवस्था


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड –१९ रोकथामका लागि काठमाडौँ उपत्यकाको बढी भीडभाड स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको उक्त रोगको जोखिम न्यूनिकरणका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायतले विभिन्न संघ संस्थाले उपत्यकाको बढी भीडभाड हुने स्थानमा हात धुने व्यवस्था मिलाएका हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा ट्याङ्की नै राखेर हात धुने व्यवस्था मिलाइएको जानकारी दिए ।

साबुनपानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको रायानुसार सर्वसाधारण नागरिकको सहजताका लागि उक्त कार्य गरिएको उनले बताए ।

उनका अनुसार रत्नपार्क, बानेश्वर, गौशाला, सिनामङ्गल, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताललगायत ठाउँमा हात धुने व्यवस्था मिलाइएको छ ।

यस्तै थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भीडभाड हुने र जोखिम बढी हुने स्थानमा सोमबार पानीको व्यवस्थापन गरिने जनाइएको छ ।

यसैबीच प्रभु बैंकले केन्द्रीय कार्यालय बाहिर सर्वसाधारणका लागि साबुन सहित हात धुने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई