कोरोना भाइरस : १ लाख ७७ हजार भन्दाबढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : १ लाख ७७ हजार भन्दाबढीको मृत्यु


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको  संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ ।

मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको हो  ।

यो समाचार तयार पार्दासम्म एकैदिन विश्वभर ७५ हजार २४५ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ लाख ५६ हजार ५१२ पुगेको छ ।

अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । अमेरिकामा थप २ हजार ८०४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९० हजार ५०३ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ । त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ३८२ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सुरुवात भएको मुलुक चीनमा ३० जना नयाँ संक्रमित देखिए पनि पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको कोरोना भाइरसले मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २० बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय