अधिकांश मानिस कोरोना भाइरसको शिकार बन्नुको पछाडि अध्ययनको निष्कर्ष यस्तो छ « Khabarhub

अधिकांश मानिस कोरोना भाइरसको शिकार बन्नुको पछाडि अध्ययनको निष्कर्ष यस्तो छ


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाल विश्व कोरोना भाइरस महामारीको चपेटामा छ । कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका धेरै कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण भनेको हामी आफैले अपनाएको असावधानी हो । जुन हामीले थाहा नपाएरै भाइरसको संक्रमणलाई थप फैलाइरहेका हुन्छौं ।

चिकित्सकहरुले समेत बारम्बार सुझाउँदै आएका छन् कि कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ, सुरक्षा सतर्कता अपनाऔं । तर पनि मानिसहरुले अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोइरहेका हुन्छन् ।नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ ।

अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको जनाउँछ । विज्ञान भन्छ- हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ ।

जसको परिणाम अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण फैलिएको र धेरैले ज्यान गुमाएको शोधबाट पत्ता लागेको छ ।

अमेरिकी डा. न्यान्सी सी. एल्डर, डाक्टर विलियम पी. सायर र अष्ट्रेलियाकी डा.म्याक्लाव्सले आफ्नो अध्ययनको निष्कर्ष यही निकालेका हुन् । धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा. फेस टचिङमा स्टडी गरिरहेका छन् ।

हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ ? यस बारेमा मनोवैज्ञानिकहरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।

१ घण्टामा २३ पटक अनुहार छुने गरिन्छ

पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा. न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो बानी हो ।

आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । सो अध्ययनका लागि डा. न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुमध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् ।

उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो ।

त्यस्तै, सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए । डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ ।

मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ५० बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले