स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई १० लाख दिइने « Khabarhub

स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई १० लाख दिइने


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि तयार पारी प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख इवन राईले बताए ।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन सञ्चालनलगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरीद गर्न बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।

नगरकार्यपालिकाको बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैतयता घर आएका स्थानीयवासीलाई र्‍यापिड डाइग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायत निर्णयसमेत पारित गरेको छ ।

यसैबीच जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा चैतयता विदेशबाट घर फर्किएर होम क्वारेन्टाइनमा बसेका २३ व्यक्तिमा सोमबार गरिएको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित १३ जना भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको उक्त नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख राईले बताए ।

१० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको आरडिटीमा सबै ९२ जनाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

आरडिटीमा नेगेटिभ रिपोर्ट देखिएको हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसिआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले १२० किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा आरडिटी शुरु गरिएको जनाइएको छ । चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकार समक्ष माग गरिएको जनाइएको छ ।

तीन सय चार शय्याको क्वारेन्टाइन र १३ शय्याको आइसोलेशन वार्ड रहेको जिल्लामा अहिलेसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ९७ पुगेको छ । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना, खाजा र स्वास्थ्योपचारको व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : ०५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको