कुकुरले टोक्दा मर्‍यो दुर्लभ रतुवा « Khabarhub

कुकुरले टोक्दा मर्‍यो दुर्लभ रतुवा


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा मरेको छ ।

जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलबार घरपालुवा कुकरले टोक्दा घाइते भएको थियो ।

रतुवा उपचारका क्रममा बुधवार मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिए ।

‘रातेबाख्री’ करीब १८ किलोको थियो । उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो जनावर जिल्लामा अहिले लोप हुँदै गएको छ ।

शाकाहारी तथा स्तनधारी रतुवा कुनै समय जिल्लाका वनमा प्रशस्त पाइन्थ्यो । यसको आयु १६ देखि २० वर्षसम्म रहने गरेको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै