कोरोना अपडेटः युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना अपडेटः युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ ।

यो समेत विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६८८ पुगेको छ भने कूल संक्रमित व्यक्तिको संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेको छ ।

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनामहामारीको पछिल्लो स्थिति

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : २८ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले