आरडीटी पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ « Khabarhub

आरडीटी पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हतुवागढी– भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडीटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिए ।

गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंं आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती युवकको स्वाब संकलन गरी कोरोना पुष्टिका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : ४७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई