चितवनमा ७२६ जनाको र्‍यापिड टेस्ट | Khabarhub Khabarhub

चितवनमा ७२६ जनाको र्‍यापिड टेस्ट


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकामा पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ ।

कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको तिवारीले बताए । विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको तिवारीको भनाइ छ । पहिचानसँगै उनीहरुलाई भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र र्‍यापिड टेस्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिए ।

जिल्लामा र्‍यापिड टेस्टका क्रममा २ जनामा सङ्क्रमण देखिएको र उनीहरुको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ । एक महिलामा शङ्कास्पद देखिएकामा उनीहरुको नतिजा पोजेटिभ आएको थियो ।

यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म ३३० वटा स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो ।

प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको पौडेलले जानकारी दिए । सङ्क्रमित एकै परिवारका २ जनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : ५८ बजे

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल रुद्ध

इलाममा उत्पादित मिठाइको माग काठमाडौं र भारतसम्म

इलाम–  इलामको सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु

बाँकेमा सालका रूख जोगाउन वन संवर्द्धन कार्यक्रम

बाँके– बाँकेका सामुदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका