कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै भारतले नेपाललाई दियो २३ टन औषधि | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै भारतले नेपाललाई दियो २३ टन औषधि


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा उपचारमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २३ टन औषधि उपलब्ध गराएको छ ।

भारत सरकारले सहयोग (उपहार) स्वरुप उपलब्ध गराएको औषधिहरु बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

भारतले पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सिक्लोरोक्वीनको २.५ लाख डोेजसहित गरी कूल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु उपलब्ध गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको साझा लडाइँमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री मोदीकै प्रतिबद्धताअनरुप भारतले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक औषधिहरु नेपाललाई उपलब्ध गराएको राजदूत क्वात्राले उल्लेख गरे ।

दक्षिण एसियाली (सार्क) देशका नेताहरुले कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न संयुक्त प्रतिवद्धता जनाएका छन् ।

गत चैत २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : १९ बजे

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी