भारतले नेपाललाई औषधि सहयोग गरेपछि प्रधामन्त्री ओलीद्वारा मोदीलाई धन्यवाद « Khabarhub

भारतले नेपाललाई औषधि सहयोग गरेपछि प्रधामन्त्री ओलीद्वारा मोदीलाई धन्यवाद


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाललाई औषधि सहयोग गरेको भन्दै प्रधामन्त्री केपी शर्मा ओलीले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरस(काभिड १९) विरुद्ध लड्न भारतले नेपाललाई २३ टन ओषधि सहयोग गरेको भन्दै प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्,’ कोरोना महाबारी विरुद्ध लड्न भारत सरकारले गरेको सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहन्छु ।’

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका थिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ०० बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार