उदयपुरको भुल्के क्षेत्र, जहाँ भेटिए २७ जना कोरोना संक्रमित « Khabarhub

उदयपुरको भुल्के क्षेत्र, जहाँ भेटिए २७ जना कोरोना संक्रमित


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रियुगा– उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ ।

प्रदेश नं १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मंगलबार ११ र बुधबार थप ३ जनामा  कोभिड–१९ सङ्क्रमण पुष्टि भएसंगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेकोे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रुत गतिमा भइरहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित देखिएका १० जनालाई मङगलबार नै र एक जनालाई आज उपचारका लागि विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा ल्याउने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उपचार केन्द्रमा राखिएका सङ्क्रमित सबैको अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

भुल्के क्षेत्रमा मात्रै हालसम्म २७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।   भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमूना सङ्कलन गरिएको थियो ।

कोभिड–१९ पोजेटिभ देखिएका सबैको उपचारका लागि विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको मुख्यमन्त्री कार्यालय विराटनगरमा रहेको कोरोना सूचना डेस्कले जनाएको थियो ।

उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ०९ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण