फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई मौलापुर नगरपालिकाद्वारा तलबको ५० प्रतिशत भत्ता | Khabarhub Khabarhub

फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई मौलापुर नगरपालिकाद्वारा तलबको ५० प्रतिशत भत्ता


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५०% रकम प्रोत्साहन भत्ता दिने भएको छ ।

मौलापुर नगरपालिकाले आफ्नो मातहतका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्यसंग सम्बन्धित निकाय तथा क्वारेन्टाइन र आइसोलेसनमा खटेका डाक्टर, हेल्थ असिस्टेन्ट, नर्स, प्यारामेडिक्सलगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन लागेको हो ।

मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले विषम परिस्थितिमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताइन् ।

प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले भनिन्, “कोरोना भाइरसको महामारी नियन्त्रण गर्न देश नै लकडाउनको स्थितिमा रहेको अवस्था छ । सारा नगरवासी तथा अत्याधिक कर्मचारी घरमा छन् । तर स्वास्थ्यकर्मीहरु भने दिनरात फिल्डमा छन् । कोरोना भाइरस नियन्त्रणका जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् । तर त्यति मात्रले पुग्दैन भन्ने निष्कर्षका साथ उनीहरुको योगदानको कदरस्वरुप नगरपालिकाले तलबको ५०% रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।”

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ०३ बजे

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र