सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि पर्‍यो : विप्लव | Khabarhub Khabarhub

सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि पर्‍यो : विप्लव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि परेको आरोप लगाएका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भ्रष्टाचारमा डुवेर बदनाम र असफल भएको वर्तमान सरकार सम्पूर्ण मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि परेको आरोप लगाएका हुन् ।

विप्लवले सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् ।

कम्युनिस्ट आन्दोलनमा संशोधनवादीहरू हाबी भएको भन्दै विप्लवले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी वली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन पाएको छैन । आज केपी–प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि फासिवादी दमन चलाइरहेको छ ।’

उनले केपी ओली नेतृत्वको सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ४४ बजे

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा