सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि पर्‍यो : विप्लव « Khabarhub

सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि पर्‍यो : विप्लव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकार सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि परेको आरोप लगाएका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भ्रष्टाचारमा डुवेर बदनाम र असफल भएको वर्तमान सरकार सम्पूर्ण मूल्य मान्यतालाई ध्वस्त पारेर सत्ता हत्याउन लागि परेको आरोप लगाएका हुन् ।

विप्लवले सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् ।

कम्युनिस्ट आन्दोलनमा संशोधनवादीहरू हाबी भएको भन्दै विप्लवले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी वली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन पाएको छैन । आज केपी–प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि फासिवादी दमन चलाइरहेको छ ।’

उनले केपी ओली नेतृत्वको सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ४४ बजे

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर