अध्यादेश फिर्ता लिइ तत्काल संसद बैठक बोलाउन विपक्षीहरुको माग « Khabarhub

अध्यादेश फिर्ता लिइ तत्काल संसद बैठक बोलाउन विपक्षीहरुको माग


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षीदलहरुले सरकारले ल्याएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको उनीहरुको निष्कर्ष छ ।

बुधवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको हो ।
बैठकले तत्काल संसद अधिवेशन बोलाउन माग समेत गरेका छन् । उनीहरुले विभिन्न ६ बुँदे सरोकारका बिषय अघि सारेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश जारी गर्ने सरकारको कदम लोकतन्त्र विरोधी कार्य भएको निष्कर्ष निस्किएको जानकारी दिए ।

लोकतन्त्रको रक्षाका लाािग लोकतान्त्रिक शक्तिहरु एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार वैठकले दुई अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओली निरंकुश बाटोमा अघि बढेको निष्कर्ष निकालेको बताए ।

महतका अनुसार बैठकले यस्ता जनविरोधी कदमविरुद्ध अर्को बैठक चाँडै नै बोलाउने र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ ।

कांग्रेसले बोलाएको विपक्षीहरुको बैठकमा समाजवादी, राजापा र राप्रपाका नेताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ०१ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको