शिक्षकका लागि अनलाइनबाट तालीम « Khabarhub

शिक्षकका लागि अनलाइनबाट तालीम


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले ‘भर्चुअल’ माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालमि सञ्चालन गरेको हो । सङ्गठनको पोखरा महानगर कमिटिले प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरेर वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिरहेको छ ।

बन्दाबन्दीका कारण घरमै बसेका शिक्षकको क्षमता विकासका लागि प्रविधिको प्रयोग गरेर तालीम सञ्चालन गरिएको सङ्गठनका गण्डकी प्रदेश कमिटिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए । शिक्षकलाई नवीनतम शिक्षण विधि र प्रविधिको विषयमा विषय विशेषज्ञहरुले घरबाटै प्रशिक्षण दिने व्यवस्था मिलाएको सङ्गठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले जानकारी दिए ।

जुम एप्लीकेशन प्रयोग गरेर हरेक दिन दिउँसो १ बजेदेखि ४० मिनेटसम्म तालीम सञ्चालन गरिएको छ । तालीमको चौथो दिनसम्म ८० शिक्षक यसमा आवद्ध भएका छन् ।

पहिलो दिन प्रविधिमैत्री शिक्षक समाजका महासचिव देवीप्रसाद शर्माले प्रविधिमैत्री शिक्षक र प्रविधिमैत्री विद्यार्थी शीर्षकमा सहजीकरण गरेका थिए । यसैगरी दोस्रो दिन डिजिटल लाइब्रेरीको प्रयोगका विषयमा सुशील उप्रेती, तेस्रो दिन माइक्रोसफ्ट एक्सलको प्रयोगका विषयमा छवी आचार्य र चौथो दिन विद्यालय तहमा खुल्ला शिक्षाको सम्भावना र चुनौतीका विषयमा खुल्ला विश्वविद्यालयका प्राध्यापक डाक्टर लेखनाथ शर्माले प्रशिक्षण दिएका थिए ।

पावर पोइन्ट, मल्टीमिडिया, टेलीटिचीङ आदी माध्यमको विषयमा पनि प्रशिक्षण दिइने सङ्गठनले जनाएको छ । तालीममा सहभागी म्याग्दीका शिक्षक मुक्ति पौडेलले घरमै बसेर नयाँ शिक्षण विधिका बारेमा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष पूर्णप्रसाद दवाडी, प्रदेश इञ्चार्ज झपिन्द्र खत्रीलगायतले शिक्षकका लागि यो तालीम उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : १६ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा