नेपालमा रहेका विदेशी खेलाडीलाई एन्फाले बाँड्यो खाद्यान्न « Khabarhub

नेपालमा रहेका विदेशी खेलाडीलाई एन्फाले बाँड्यो खाद्यान्न


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग खेलेका विदेशी खेलाडीका लागि खाद्य सामाग्री उपलब्ध गराएको छ।

लिग खेल्न नेपाल आएका विदेशी खेलाडीहरु कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशव्यापी लकडाउन जारी गरेपछि नेपालमै रोकिएका छन् । एन्फाले उनीहरुका लागि चामल, दाल, तरकारी लगायत खाद्यान्न प्रदान गरेको हो।

फागुन पहिलो साता ए डिभिजन लिग सम्पन्न भएको थियो । ए डिभिजनका विभिन्न क्लबका गरि २८ जना विदेशी खेलाडी काठमाडौंमा रहेको एन्फाले जानकारी दिएको छ ।

एन्फाले आफ्नै एम्बुलेन्समा खेलाडीहरुसम्म सामाग्री पुर्‍याएको छ । एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई आफ्ना दुई एम्बुलेन्स कोरोना भाइरसको संक्रमण नसकिएसम्मका लागि प्रयोग गर्न हस्तान्तरण गरेको थियो ।

यस्तै एन्फाको रौतहटस्थित महिला एकेडेमीमा स्थानीय ४० भन्दा बढी मानिसहरू क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।