भारतको मुम्बईमा एउटै अस्पतालका २ चिकित्सक र ५ जना नर्समा कोरोना संक्रमण | Khabarhub Khabarhub

भारतको मुम्बईमा एउटै अस्पतालका २ चिकित्सक र ५ जना नर्समा कोरोना संक्रमण


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको मुम्बईमा २ जना चिकित्सक र अरु ५ जना नर्ससहित अस्पतालका ८ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्राप्त समाचारअनुसार मुम्बइका २ जना चिकित्सक र ५ जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।

उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी हुन् । उनीहरु सबैजनाको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ । तीमध्ये ५ जना नर्सलाई भने आइसीयूमा राखेर उपचार गरिएको समाचारमा जनाएको छ ।

भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिका अनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताइएको छ । उनीहरुको अवस्था हाल खराब नरहेको सो अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टिनमा राखिएको छ ।

बुधबार बिहान १० बजेसम्म महाराष्ट्र राज्यमामात्र कोरोनाका ५ हजार २२९ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये गएको २४ घन्टाभित्र यस राज्यमा मात्र ५५३ जना संक्रमित भेटिएका हुन् । यस राज्यमा मात्र कोरोना संक्रमणबाट २५१ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त समाचारमा गएको २४ घन्टाभित्र मात्र यहाँ यो संक्रमणबाट १९ जनाको ज्यान गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा बुधबार बिहानसम्म १९ हजार ९८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको २४ घन्टायता मात्र यहाँ यो संक्रमणबाट ५० जनाको ज्यान गएको बताइएको छ ।

भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । गएको २४ घन्टायता मात्र यहाँका १ हजार ३८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो संख्या भारतमा भएको कोरोनाको संक्रमण अवधिमा २४ घन्टाभित्र देखिएको सबैभन्दा धेरै हो । पछिल्ला दिनहरुमा कोरोनाका संक्रमितहरु थपिँदै गएपछि सरकारले पनि बढी सतर्कता अपनाएका समाचारहरु आइरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ४१ बजे

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा