भारतको मुम्बईमा एउटै अस्पतालका २ चिकित्सक र ५ जना नर्समा कोरोना संक्रमण « Khabarhub

भारतको मुम्बईमा एउटै अस्पतालका २ चिकित्सक र ५ जना नर्समा कोरोना संक्रमण


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको मुम्बईमा २ जना चिकित्सक र अरु ५ जना नर्ससहित अस्पतालका ८ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्राप्त समाचारअनुसार मुम्बइका २ जना चिकित्सक र ५ जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।

उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी हुन् । उनीहरु सबैजनाको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ । तीमध्ये ५ जना नर्सलाई भने आइसीयूमा राखेर उपचार गरिएको समाचारमा जनाएको छ ।

भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिका अनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताइएको छ । उनीहरुको अवस्था हाल खराब नरहेको सो अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टिनमा राखिएको छ ।

बुधबार बिहान १० बजेसम्म महाराष्ट्र राज्यमामात्र कोरोनाका ५ हजार २२९ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये गएको २४ घन्टाभित्र यस राज्यमा मात्र ५५३ जना संक्रमित भेटिएका हुन् । यस राज्यमा मात्र कोरोना संक्रमणबाट २५१ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त समाचारमा गएको २४ घन्टाभित्र मात्र यहाँ यो संक्रमणबाट १९ जनाको ज्यान गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा बुधबार बिहानसम्म १९ हजार ९८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको २४ घन्टायता मात्र यहाँ यो संक्रमणबाट ५० जनाको ज्यान गएको बताइएको छ ।

भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । गएको २४ घन्टायता मात्र यहाँका १ हजार ३८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो संख्या भारतमा भएको कोरोनाको संक्रमण अवधिमा २४ घन्टाभित्र देखिएको सबैभन्दा धेरै हो । पछिल्ला दिनहरुमा कोरोनाका संक्रमितहरु थपिँदै गएपछि सरकारले पनि बढी सतर्कता अपनाएका समाचारहरु आइरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ४१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई