विष सेवन गरी आमा र छोरीको मृत्यु, गम्भीर अवस्थाका छोराको आईसीयूमा उपचार हुँदै « Khabarhub

विष सेवन गरी आमा र छोरीको मृत्यु, गम्भीर अवस्थाका छोराको आईसीयूमा उपचार हुँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– रौतहटको मौलपुर नगरपालिका–१ मा विष सेवन गरेका एकै परिवारका ३ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने  १ जनाको अवस्था गम्भीर रहेको छ ।

रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

कोइरीका छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आइसियुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको खड्काले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५९ बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद