विष सेवन गरी आमा र छोरीको मृत्यु, गम्भीर अवस्थाका छोराको आईसीयूमा उपचार हुँदै « Khabarhub

विष सेवन गरी आमा र छोरीको मृत्यु, गम्भीर अवस्थाका छोराको आईसीयूमा उपचार हुँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– रौतहटको मौलपुर नगरपालिका–१ मा विष सेवन गरेका एकै परिवारका ३ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने  १ जनाको अवस्था गम्भीर रहेको छ ।

रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

कोइरीका छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आइसियुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको खड्काले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई