कोरोना कहर: अष्ट्रेलियामा संक्रमण घट्दै, नेपाली विद्यार्थीहरुको अवस्था के छ ? | Khabarhub Khabarhub

कोरोना कहर: अष्ट्रेलियामा संक्रमण घट्दै, नेपाली विद्यार्थीहरुको अवस्था के छ ?


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया- कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वका कयौं देशहरु आक्रान्त बनिरहँदा अष्ट्रेलियामा भने संक्रमण घट्ने क्रममा छ ।

करिब एक लाख ५० हजारको संख्यामा नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीहरु छन् । अष्ट्रेलियामा कोरोनाको कहरले रोजगारी गुमाउनेदेखि विद्यार्थीहरुको शैक्षिक भविष्यमै प्रश्न उठ्ने गरी कोरोनाले प्रभाव परेको छ । तर पछिल्लो समय संक्रमणमा सुधार देखिन थालेपछि भने नेपालीहरुमा केही आशा पलाएको छ ।

हालसम्म ६ हजार ६ सय ४९ जना संक्रमितहरु अष्ट्रेलियामा छन् । त्यसमध्ये करिब ५ हजार जनाले स्वास्थ्यलाभ गरेका छन् । यहाँ कोरोना संक्रमणको मृत्युदर भने निकै कम छ । संक्रमणमा परी मात्र ७४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय संक्रमितको वृद्धिदर अझै घट्दै जाने अनुमान गरिएको छ । नागरिकहरुले सरकारसँग राम्रो समन्वय गरेका कारण अष्ट्रेलियामा संक्रमण निमूर्लिकरणको बाटोमा अघि बढेको हो ।

खबरहवका लागि अष्ट्रेलिया सहकर्मी सरल गुरुङका अनुसार आंशिक रुपमा चलेको लकडाउन पछिल्लो समय खुकूलो पारिएको छ ।

बन्दबन्दीको अवस्थामा रहेका कलेज तथा विश्वविद्यालयहरुले अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् । सरकारले आंशिक रुपमा बन्द भएका अन्य सेवाहरु विस्तार चालु राख्न थालेको छ । अष्ट्रेलियाका समुन्द्री तटहरु पनि विस्तारै पहिलेकै अवस्थामा फर्किन थालेका छन् ।

अष्ट्रेलियामा रहेर अध्यापन गराउँदैं आएका सञ्चार तथा विपत व्यवस्थापन विद् डा. भरतराज पौडेलले कोरोना संक्रमणसंग अष्ट्रेलियाले सहज जित प्राप्त गरेको बताए । उनले सम्भावित हुने सक्ने संक्रमणको जोखिमसंग यो देशले समयमै सर्तकता अपनाएका कारण महामारीको अवस्था झेल्नु नपरेको बताए । उनले भने, ‘अष्ट्रेलियाले पूर्ण सर्तकता अपनाएको छ । मानिसहरुमा समेत सचेतता फैलिएको छ । जसले महामारीको प्रकोपसंग लड्न अष्ट्रेलियालाई सहज बनेको हो ।’

उनले सञ्चारकर्मी गुरुङसंगको विशेष कुराकानीमा अष्ट्रेलियामा नयाँ संक्रमितहरु घटेको बताए । अधिकांश नेपाली न्यू साउथ वेल्स राज्यको सिड्नी र भिक्टोरियाको मेलबर्न शहरमा बसोबास गर्नेहरुको छ । कोरोनाको प्रभाव अन्य क्षेत्र भन्दा यीनै क्षेत्रमा बढी पाइएको छ ।

यहाँ रहेका अधिकांश नेपाली स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । अष्ट्रेलियाको सिड्नी, मेलबर्न र तास्मनिया गरी ८ जनामा कोरोना संक्रमण देखिएको थियो । तर अहिले उनीहरुको अवस्था सामान्य भइसकेको छ । यहाँ बस्ने नेपालीहरु सेवाको क्षेत्रमा बढी कार्यरत छन् । अष्ट्रेलियामा अहिले २४ प्रतिशत मानिसले जागिर गुमाएका छन् ।

डाक्टर पौडेलले अष्ट्रेलियामा चर्चा गरिएअनुसार जागिरहरु नगुमेको पनि स्पष्ट पारे । उनले भने, ‘तथ्यांकमा २४ प्रतिशतमात्रै जागिर गुमेको छ । बाहिर हल्ला चले जस्तो मानिसहरुले जागिर गुमाएका छैनन् । त्यसमा पनि सरकारी तथा गैर सरकारी क्षेत्रमा १८ प्रतिशतले मात्रै जागिर गुमाएका छन् । अष्ट्रेलियाको तथ्यांकलाई हेर्दा यहाँ ५.१ प्रतिशत बेरोजगारी छन् । पछिल्लो अवस्थालाई हेर्दा बेरोजगारको समस्या हल हुने अवस्थामा छ ।’

कोरोना भाइरसको संक्रमण फैलिनु अघि नेपाली विद्यार्थीको मुख्य रोजगार क्षेत्र होटेल, रेष्टुराँ, क्याफेहरु थिए । बन्दाबन्दीको प्रभावमा परेका यी क्षेत्र अहिले खुल्ने थालेका छन् । तर अहिले नै नेपाली विद्यार्थीको रोजगार पहिलेकै अवस्थामा फर्किन सक्ने सम्भावना भने चुनौतीपूर्ण छ ।

डाक्टर पौडेलले रोजगारीका क्षेत्र पहिलेकै अवस्थामा आउन अझै एक बर्ष लाग्नसक्ने अनुमान गरे । उनले विश्वव्यापी समस्या बनेको कोभिड–१९ ले सवैभन्दा धेरै पर्यटन क्षेत्रमा असर परेको अल्याउदै भने, ‘रोजगारीहरु पहिलेकै अवस्थामा फर्किन यहाँ पर्यटन अर्थतन्त्र बलियो हुनुपर्छ । अन्य मुलुकबाट भित्रिने पर्यटकको संख्यामा उल्लेख्य सुधार आउनु पर्छ । अन्य व्यवसायीकलाई द्रृत गति दिनुपर्छ । तर यी कुराहरु सुधार आउन केही समय लाग्छ ।’ उनले विद्यार्थीको योग्यता क्षमताका आधारमा पनि रोजगारी निर्धारण हुने उल्लेख गरे ।

अष्ट्रेलियामा नर्सिङ अध्ययन गरिरहेकालाई सरकारले कुनै निश्चित अवधि नतोकि पूर्णकालिन काम गर्ने वातावरण दिएको छ । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको मुख्य समस्या भने कलेज शूल्क र घर भाडा हो । यहाँ बसोबास गर्ने एक विद्यार्थीले न्यूनतम एक सय डलर घर भाडा एक हप्ताको बुझाउनुपर्छ । काम नपाएपछि कतिपय विद्यार्थीले यस्ता समस्या पनि भोग्ने गरेका छन् ।

अहिले विद्यार्थीहरुका समस्या सरकारले सम्बोधन गर्नुपर्ने माग समेत उठेको छ । हाल अष्ट्रेलियामा रहेका ४३ वटा विश्वविद्यालयमध्ये २९ वटा विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि राहत पनि दिदै आएका छन् । उनीहरुले विद्यार्थीलाई सय डलरदेखि २ हजार डलरसम्म विद्यार्थी नगद राहत उपलब्ध गराउने गरेका छन् । कतिपय अवस्थामा ऋण लिन पाउने सुविधा पनि यहाँका विश्वविद्यालयहरुमा छ । यसका लागि विद्यार्थीले आफ्नो अवस्थाका बारेमा विश्वविद्यालयलाई जानकारी गराउन आवश्यक छ ।

अष्ट्रेलियामा अहिले नेपाली विद्यार्थीहरुको छाता संगठन अष्ट्रेलियन एजुकेशसन कन्सल्ट्यान्ट अनलाईन ‘एक्का’ले ५ लाख डलरको कोष स्थापना गर्ने तयारी समेत गरेको छ । अन्य केही कन्सल्ट्यान्सीले पनि विद्यार्थीहरुलाई मध्यनजर गरी कोषहरु स्थापना गरेका छन् । यसबाट आर्थिक विपन्नता भएका विद्यार्थीहरुले सहायता पाउने लक्ष्य राखिएको छ ।

अस्ट्रेलियन सरकार र केन्द्रिय बैंकले देशको अर्थतन्त्रमा कोरोना भाइरसले पारेको असरलाई समाधान गर्न ३ सय २० अस्ट्रेलियन डलरको आर्थिक प्याकेज ल्याउने उद्घोष गरिसकेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ३९ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ