अंपुन चक्रवातले भारतमा ७२ जनाको मृत्यु, प्रधानमन्त्री मोदी प्रभावित क्षेत्रको अवलोकमा जाँदै « Khabarhub

अंपुन चक्रवातले भारतमा ७२ जनाको मृत्यु, प्रधानमन्त्री मोदी प्रभावित क्षेत्रको अवलोकमा जाँदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण  भारत र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण रुख, बिद्युतका पोलहरू ढलेका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ/ठाउँमा घर नै भत्काउँदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।

चक्रवातले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन् । भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो ।

चक्रवात प्रभावित क्षेत्रको अवलोकन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई २/२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेकी छन् ।

यसैबीच प्रभावित क्षेत्रको आज प्रधानमन्त्री नरेन्द्र मोदीले अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे समिक्षा गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहिबार ट्वीटरमार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ६ : १६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा