१२ जनामा आरडीटी पोजेटिभ देखिएपछि शंखरापुरका नाका सिल गरिदै « Khabarhub

१२ जनामा आरडीटी पोजेटिभ देखिएपछि शंखरापुरका नाका सिल गरिदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शंखरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासी लगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडीटीका क्रममा १२ जनामा पोजेटिभ देखिएपछि नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडीटी गरिएको थियो ।

आरडीटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ ।

पीसीआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई त्यहीँ राखिनेछ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडीटीमा पोजेटिभ देखिएकाको आजै स्वाब सङ्कलन गरी पीसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उनले जानकारी दिए ।

शंखरापुरमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर तथा भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका रहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : ५४ बजे

सात जना केन्द्रिय सदस्यद्वारा क्यानका पदाधिकारीको राजीनामा माग

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको राजीनामा माग गरिएको छ

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौँ- रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्

१७ वर्षपछि हत्या आरोपी पक्राउ

काठमाडौँ- भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया जारी

काठमाडौँ- रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया जारी रहेको छ

राष्ट्रपति चुनावले चर्चामा सत्ता गठबन्धनको भविष्य

काठमाडौँ : माओवादीले स्पष्ट रुपमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने