काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी « Khabarhub

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा काठ, दाउरा तथा अन्य वन पैदावार बिक्री गरी तीन करोड ९४ लाख ५० हजार ८८४ आम्दानी गरेको छ । सोही अवधिमा समितिले तीन करोड ४८ लाख ३८ हजार ३०० भन्दाबढी खर्च गरेको थियो ।
 
समितिका अध्यक्ष एवं डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार समितिले राष्ट्रिय वनअन्तर्गतको बरन्डाभार वन संरक्षण क्षेत्र तथा लिलाम बिक्री हुने सामुदायिक वनबाट काठ तथा दाउरा संकलन गरी बिक्रीवितरण गर्दै आएको छ ।

समितिले विभिन्न वन पैदावार बिक्रीबाट प्राप्त रकममध्ये चिरान काठबाट सबैभन्दा बढी आम्दानी गरेको छ । गत आर्थिक वर्षमा आठ हजार ५७३ दशमलव ११ क्युविकफिट चिरान काठ बिक्रीबाट दुई करोड ८३ लाख ६१ हजार ६३५ आम्दानी भएको उनले जानकारी दिए । उनका अनुसार गोलिया काठ, बेसाइज, बाकल, चट्टा दाउर र भुस बिक्री गरिएको हो ।
 
प्रमुख आचार्यले समितिद्वारा बिक्री गर्ने वन पैदावारको दररेट, मूल्य अभिवृद्धि कर र अन्तिम बिक्री मूल्य निर्धारण गरी बिक्री गरिने बताए । सालको काठको दर प्रतिक्युविक फिट दुई हजार ९६४ दशमलव ६२ मा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ३८५ दशमलव चार थप गरी प्रतिक्युविक फिट तीन हजार ३५० निर्धारण गरिएको उनले जानकारी दिए।

त्यसैगरी सालको अनसाइज (स्ट्रिप) को दर प्रतिक्विन्टल तीन हजार ९७ दशमलव ४ मा ४०२ दशमलव सात मूल्य अभिवृद्धि कर थप, बाकलको दर प्रतिक्विन्टल रु ७५२ दशमलव २ मा रु ९७ दशमलव ७९ मूल्य अभिवृद्धि कर तथा भुसको दर प्रतिकिलोग्राम ३ दशमलव ९८३ मा शून्य दशमलव पाँच मूल्य अभिवृद्धि कर थप गरी बिक्री भइरहेको उनले बताए।
 
सञ्चालन, संरक्षण तथा पूर्वाधार विकासका विभिन्न शीर्षकमा तीन करोड ४८ लाख ३८ हजार ३०० भन्दाबढी खर्च भएको समितिले जनाएको छ । खर्चको मुख्य हिस्सा काठ, दाउरा उत्पादन तथा खरिदमा भएको प्रमुख आचार्यले बताए।
 
काठ, दाउरा उत्पादन तथा खरिदतर्फ एक करोड ६२ लाख ८२ हजार ६३०, कार्यालय व्यवस्थापनतर्फ ५२ लाख ५२ हजार २२६, पूर्वाधार विकास तथा निर्माणसम्बन्धी ५० लाख ४२ हजार ३२६, आपूर्ति समिति सञ्चालनार्थ प्रशासनतर्फ ३२ लाख ८१ हजार १८०, बरन्डाभार वन संरक्षण क्षेत्र परिषद्मार्फत सञ्चालित कार्यक्रममा २७ लाख २२ हजार ७९६ तथा वन, वातावरण संरक्षण, विकास तथा व्यवस्थापन कार्यक्रममा रु २२ लाख ५७ हजार १५९ खर्च भएको समितिले जनाएको छ ।
 
प्रमुख आचार्यले संकलित राजस्व र खर्चमा पारदर्शिता कायम गर्दै आगामी दिनमा वन पैदावारको सहज आपूर्ति तथा बरन्डाभार संरक्षण क्षेत्रको दिगो व्यवस्थापनमा थप जोड दिइने बताए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ५ : ५९ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित