मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा « Khabarhub

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोमरकोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शंकास्पद रूपमा मालवस्तु ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलग-अलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । 

कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाइ ल्याइएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।

प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणको लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरीत शंकास्पद तवरले नियम विपरीत हुने गरी लुकाइछिपाइ चलाउँदै आउँदै गरेको पाइएकाले उक्त कन्टेनरहरू नियन्त्रणमा लिनुपरेको जनाइएको छ ।

कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाएर मालवस्तु लिएर जोमसोमतर्फ आउँदै गरेको बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।

 प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नियन्त्रणमा लिएका मालवस्तुबाहक कन्टेनरहरू अवैध मालवस्तुहरू हुनसक्ने बलियो शंका देखिएकाले उक्त कन्टेनरहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीले राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइसकेको जनाइएको छ ।

नेपाल–चीन उत्तरी कोरला नाका गतवर्षको भदौ ३१ गते पूर्णरूपमा सञ्चालनमा आएयता पटकपटक अवैध रूपमा ओसारपोसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइ सकिएको छ । सीमा नाका कोरला नाकाबाट पटकपटक हुने अवैध सामान बरामदले राजस्व छली गर्ने गिरोहहरू सक्रिय हुन थालेको आकलन गरिएको छ ।

आव २०८२-८३ को पुस ९ गते कोरला नाकाबाट भित्रिएका दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो ।  

आव २०८२-८३ को जेठ २ गते पनि कोरला नाकाबाट शंकास्पद रूपमा लुकाइछिपाइ भन्सार ल्याएका २० हजार थान विद्युतीय चुरोट भेप सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ६ : ३५ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक