प्रहरीको फन्दाबाट उम्किन कोरोनाले मृत्यु भएको नाटक गरेपछि… « Khabarhub

प्रहरीको फन्दाबाट उम्किन कोरोनाले मृत्यु भएको नाटक गरेपछि…


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट ग्रस्त छ । कोरोना महामारीकैबीच विचित्रका समाचाराहरु समेत सार्वजनिक भएका छन् ।

दक्षिण अमेरिकी देश पेरुको एउटा अनौठो घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पेरुका एक मेयरले कोरोना भाइरसबाट आफू मरेको नाटक गरेपछि उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

जब उनलाई प्रहरी पक्राउ गर्न आयो उनी शव राख्ने कफिनमा कोरोनाबाट मरेको नाटक गरेर सुतेका थिए ।

उनको नाम जेमिए रोलान्डो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी लकडाउनको नियम उल्लंघन गरेर साथीहरुसँग मादक पदार्थ सेवन गरिरहेका थिए ।

जब पुलिसले उक्त कुरा थाहा पायो तब पुलिस उनीहरुलाई गिरफ्तार गर्न घर पुगेको जनाइएको छ ।  पेरुको तन्ताराका मेयरलाई समात्न जाँदा प्रहरीले उनलाई मास्क लगाएर मरेको नाटक गरेर अवस्थामा कफिनमा सुतिरहेको भेटाएको थियो ।

पुलिसहरुले उनको तस्वीर खिचेर उनी माथि अनुसन्धान गर्न शुरु गर्दा उनी नशामा नाटक गरेर सुतेको प्रमाणित भएको थियो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : ५८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको