कोरोना परीक्षणका लागि रोल्पामा किट अभाव | Khabarhub Khabarhub

कोरोना परीक्षणका लागि रोल्पामा किट अभाव


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा कोरोना भाइरसको परीक्षणका लागि किटको अभाव भएको छ ।

सरकारले भर्खरै ३ हजार हाराहारी किट पठाए पनि त्यसले आवश्यकताको ५० प्रतिशत  पनि पूरा गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि विभिन्न क्वारेन्टाइनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएको अवस्थामा अहिले पनि पर्याप्त किट पठाइएको छैन ।

रोल्पामा २ हजार ९६० आरडीटी किट आइपुगेको छ । उक्त संख्याको किट आश्यकताभन्दा दुई तिहाइ कम हो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको आरडीटी गर्नुपर्ने भए पनि रोल्पामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘नौ हजारभन्दा धेरैको आरडिटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भने ।

जिल्लामा किट अभाव भएपछि अहिलेसम्म क्वारेन्टाइनबाट फर्केका कसैको पनि आरडीटी गर्न नसकिएको जनाइएको छ ।

उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडीटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए ।

रोल्पामा जिल्ला बाहिरबाट आएका आठ हजार १२१ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।

जिल्लामा भित्रिएकामध्ये अझै २८४ विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन् । घर फर्केकामध्ये १६० जनाको मात्र आरडीटी गरिएको छ ।

बाँकी आठ हजार २४५ लाई सामान्य जाँच मात्र गरेर घर पठाइएको छ । रोल्पामा हालसम्म आठ हजार ४०५ जनाको आरडीटी गर्नुपर्ने देखिएको केसीले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : १८ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै