गुगलले पनि देखाउन थाल्यो नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल « Khabarhub

गुगलले पनि देखाउन थाल्यो नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ ।

सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

सोही अनुरुप गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखाउन थालेको छ ।  यसअघि नेपालको क्षेत्रफल गुगलमा १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो ।

यही जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा स्वीकृत गरेसँगै जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा थपेको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ३९ बजे

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा