क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याउने पक्राउ « Khabarhub

क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याउने पक्राउ


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याउने पक्राउ परेका छन् ।

क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ । क्वारेन्टाइनमा बस्दा मदिरा सेवन गर्न नपाइने उनको भनाइ छ ।

कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी राख्ने व्यवस्था गरेका छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १२ : ४७ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा