गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा « Khabarhub

गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ ।

मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ ।

एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो ।

२० मेको रात करिब १० बजेर २० मिनेटको समयमा गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो । महिलाले पीडाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे ।

एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । यी बाघहरु एम्बुलेन्सको बाटो रोकेर बसेको देखिएको थियो ।

बाघलाई बाटोबाट हटाउन कसैले हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो ।

अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए । महिलाले छोरी जन्माइन् । यो पूरै घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे ।

२० मिनेटपछि बच्ची जन्मिएपछि बल्ल बाघले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिका स्वस्थ्य अवस्था अहिले सामान्य छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १२ : ५६ बजे

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक