कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयको त्रुटि « Khabarhub

कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयको त्रुटि


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमित विवरण दैनिक सार्वजनिक गर्दै आएको छ । तर मन्त्रालयले विवरण सार्वजनिक गर्दा दैनिक त्रुटि गर्न थालेको छ ।

जसका कारण कन्ट्याक ट्रेसिङमा संलग्न अधिकारीलाई अफ्ठ्यारो परेको छ भने संक्रमित नै नभएको ठाउँका सर्वसाधारणमा त्रास बढेको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरसहित शुक्रबार बिहान ९ बजे सार्वजनिक भएको विज्ञप्तिमा गोडैता नगरपालिकाको ८, ९, ११, १३ र १४ नम्बर वडा र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८र ४९ वर्षका र १८ वर्षीय महिला संक्रमित रहेको भनिएको छ ।

यो सूचना सार्वजनिक हुनेवित्तिकै सर्लाहीको रामनगरमा १५ संक्रमित भेटिएको हल्ला फैलिएको थियो । रामनगर ७ का वडाध्यक्ष रामसोगारथ तेलका अनुसार मन्त्रालयले स्पष्टसँग नलेख्दा गाउँमा त्रास बढेको छ । सो गाउँबाट ११ जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणभन्दा बढी संक्रमितको आएर बुझ्दा वडामा एक जना मात्र संक्रमित भएको पाएको तेलीले बताए । संक्रमित व्यक्ति ४ जेठमा भारतको बम्बईबाट आएका थिए ।

विज्ञप्तिमा मन्त्रालयले गोडैता नगरपालिकाको वडा पनि थपिदिएको छ । कार्यकारी अधिकृत विकाउकुमार यादवका अनुसार नगरपालिकामा जम्मा १२ वटा वडा छ । तर, मन्त्रायलले विज्ञप्तिमा १३ र १४ नं. वडामा पनि संक्रमित भेटेको उल्लेख गरेको छ ।

यादवका अनुसार संक्रमितमध्ये १३ जनाको पत्तो लागिसकेको छ । यद्यपि, अर्का एकजनाको पहिचान भइसकेको छैन । भेटिएका संक्रमतिमध्ये अधिकांश दिल्ली, मुम्बई, गुजरात लगायतका क्षेत्रबाट आएका छन् ।

यसअघि धादिङका भनिएका संक्रमित काठमाडौंको बागबजारको प्रेसमा काम गर्ने व्यक्ति भएको खुलेको थियो । दाङमा संक्रमण भेटिएको भनेर सार्वजनिक गर्दा पनि संक्रमित व्यक्ति नक्सालमा रहेको पाइएको थियो भने सिन्धुलीका संक्रमित पनि काठमाडौंमै रहेको खुलेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ३ : ०६ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको