३१ घण्टापछि नेपाली सेनाले उठायो गुल्मीका कोरोना संक्रमितको शव « Khabarhub

३१ घण्टापछि नेपाली सेनाले उठायो गुल्मीका कोरोना संक्रमितको शव


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीका कोरोना संक्रमित ४१ वर्षीषा पुरुषको शव ३१ घण्टापछि अस्पतालबाट उठेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार क्रिमसन अस्पताल, नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो ।

‘जिल्ला प्रशासन कार्यालयको रेखदेखमा अस्पताल प्रशासन र नेपाली सेना र नेपाल प्रहरीले उनको शव व्यवस्थापन गरेको छ ।’ जिल्ला प्रहरी कार्यालय दुपन्देहीका प्रवक्ता खत्रीले बताए ।

क्रिमसन अस्तालका अध्यक्ष चिंतामणी पाण्डेका अनुसार नेपाली सेना र प्रहरीको सहयोगमा कोरोना संक्रमतिको शव शुक्ररबार दिउँसो २ बजे अस्पतालबाट उठाइएको हो ।

शव व्यवस्थापनको जिम्मेवारी लिने निकायले ढिलाइ गर्दा ३१ घण्टापछि मात्र शव उठेको उनले बताए ।

‘कोरोना संक्रमतिको शव त जतिसक्दो छिठो व्यवस्थापन हुनुपर्ने थियो, तर हाम्रो अस्तपताल कोरोनाका बिरामी हेर्ने भनेर छुट्याइएको अस्पताल होइन, त्यसैले शव व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको थियो,’अस्पतालका अध्यक्ष पाण्डेले भने, ‘स्थानीय प्रशासनले हिजो शव व्यवस्थापनको तयारी गर्न ढिला गर्दा शव उठ्न ढिलो भयो ।’

अस्पताल प्रशासन र स्थानीय प्रशासनले शव व्यवस्थापन गरेपछि मृतकका आफन्तले भने अस्पतालको लापरबाहीले कोरोना संक्रमितको मृत्यु भएको भन्दै छानवीनको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै