३१ घण्टापछि नेपाली सेनाले उठायो गुल्मीका कोरोना संक्रमितको शव « Khabarhub

३१ घण्टापछि नेपाली सेनाले उठायो गुल्मीका कोरोना संक्रमितको शव


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीका कोरोना संक्रमित ४१ वर्षीषा पुरुषको शव ३१ घण्टापछि अस्पतालबाट उठेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार क्रिमसन अस्पताल, नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो ।

‘जिल्ला प्रशासन कार्यालयको रेखदेखमा अस्पताल प्रशासन र नेपाली सेना र नेपाल प्रहरीले उनको शव व्यवस्थापन गरेको छ ।’ जिल्ला प्रहरी कार्यालय दुपन्देहीका प्रवक्ता खत्रीले बताए ।

क्रिमसन अस्तालका अध्यक्ष चिंतामणी पाण्डेका अनुसार नेपाली सेना र प्रहरीको सहयोगमा कोरोना संक्रमतिको शव शुक्ररबार दिउँसो २ बजे अस्पतालबाट उठाइएको हो ।

शव व्यवस्थापनको जिम्मेवारी लिने निकायले ढिलाइ गर्दा ३१ घण्टापछि मात्र शव उठेको उनले बताए ।

‘कोरोना संक्रमतिको शव त जतिसक्दो छिठो व्यवस्थापन हुनुपर्ने थियो, तर हाम्रो अस्तपताल कोरोनाका बिरामी हेर्ने भनेर छुट्याइएको अस्पताल होइन, त्यसैले शव व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको थियो,’अस्पतालका अध्यक्ष पाण्डेले भने, ‘स्थानीय प्रशासनले हिजो शव व्यवस्थापनको तयारी गर्न ढिला गर्दा शव उठ्न ढिलो भयो ।’

अस्पताल प्रशासन र स्थानीय प्रशासनले शव व्यवस्थापन गरेपछि मृतकका आफन्तले भने अस्पतालको लापरबाहीले कोरोना संक्रमितको मृत्यु भएको भन्दै छानवीनको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : २७ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार