भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ, “हालसम्म आवश्यक सेवाको सूचीमा भेटेरीनरी सेवालाई समावेश गरेको नेदेखिएकाले बन्दाबन्दीको समयमा पनि पशुस्वास्थ्य प्रयोगशालाको सञ्चालनका लागि भेटेरीनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न आश्यक व्यवस्था मिलाउनु ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृहमन्त्रालयमा पत्र पठाइसकेको भएता पनि हालसम्म भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा नराखेको हुँदा राख्नका लागि आदेशमा भनिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीका समयमा भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न माग गर्दै नेपाल भेटेरीनरी एशोसिएशनका तर्फबाट अध्यक्ष डा शितलकाजी श्रेष्ठले गत वैशाख २८ गते रिट निवेदन दायर गरेका थिए ।  सो निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पशुलाई पनि बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न आदेश जारी गरेको हो ।

रिट निवेदनमा पशुले रोग र पीडाबाट पाउनुपर्ने मुक्तिको सुनिश्चितता पनि लकडाउनको अवस्थामा गर्न नसकिएको र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसायलाई हेर्नुपर्ने कानूनी दायित्व पालना हुन नसक्ने उल्लेख थियो ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ७ : ४१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००