लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित « Khabarhub

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रका प्रकाशनसँगै अब यो नयाँ नक्सा लागू भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाए लगतै मुद्रण विभागले प्रकाशन गरेको हो ।

सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको हो । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ ।

नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको छ । यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभी समेत समेटिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ३५ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट