प्रदेशसभा सदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

प्रदेशसभा सदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडिटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ देखिएको छ ।

प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु हुने मिति तय भएपछि सचिवालयले प्रदेशसभा सदस्य, मन्त्री, सुरक्षाकर्मी, चालक र प्रदेशसभामा नियमित रिपोर्टिङमा जाने पत्रकारसमेतको आरडिटी गरेकामा ११ जनाको पोजेटिभ देखिएको थियो ।

उक्त परीक्षणमा प्रदेशसभाका दुई सदस्यसहित मन्त्रीका सवारी चालक, प्रदेशसभामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलगायत ११ जनाको आरडिटी पोजेटिभ देखिएपछि सबैलाई बुटवलस्थित कोरिया नेपाल टेक्निकल इन्टिच्युटमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राखेर पिसिआर विधिबाट आज परीक्षण गरिएको हो ।

आज गरिएको परीक्षणमा दुई प्रदेशसभा सदस्यसहित सबैको नेगेटिभ नतिजा आएको प्रदेशसभामा सभामुखका प्रेस सल्लाहकार गणेश वलीले जानकारी दिए । बिहीबारको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि आजको पहिलो दिनको प्रदेशसभा बैठकमा दुवै सदस्य अनुपस्थित रहेका थिए ।

 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : ५० बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा