धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने « Khabarhub

धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

यही जेठ ४ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो ।

धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले आइतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए ।

जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा सो अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पतालसम्बन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो ।

विज्ञ टोलीको सुझावअनुसार सामाजिक विकासमन्त्री घिमिरेसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा मेहता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाइँ, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको अनलाइन बैठकले अस्पताल पूर्ववत्रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा मेहताले बताउनुभयो ।

धनकुटामा आजसम्म १८० जनाको थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये सात जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितको अहिले कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : २० बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका